काठमाडौं : पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय बढ्दै गएको पाइएको छ । नेपाल बीमा प्राधिरकणले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीहरुले ४० अर्ब रुपैयाँ भन्दाबढीको बीमा व्यवसाय गरेका छन् ।
प्राधिकरणका अनुसार यस अवधिमा कम्पनीहरुले २७ लाख ९२ हजार ५१६ बीमालेख बिक्री गरी ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीहरुको व्यवसाय २.६६ प्रतिशतले बढेको हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरुले २७ लाख ८८ हजार १८ बीमालेख जारी गरी ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।
तीन कम्पनीको व्यवसाय चार अर्ब माथि
प्राधिकरणका अनुसार यस अवधिमा चार बीमा कम्पनीहरुले चार अर्ब रुपैयाँ भन्दा माथिको व्यवसाय गरेका छन् । जसमध्ये सबैभन्दा बढी व्यवसाय गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले गत असार मसान्तसम्म २ लाख ९८ हजार ६६ बीमालृख जारी गरी ५ अर्ब ३१ करोड ६१ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, यस अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब ४२ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ३ लाख ३८ हजार ९५५ बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
प्राधिकरणका अनुसार गत असार मसान्तसम्ममा सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले पनि द्ध अर्ब रुपैयाँ भन्दाबढीको व्यवसाय गरेको छ । कम्पनीले यस अवधिमा ३ लाख २९ हजार ९९६ बीमालेख जारी गरी ४ अर्ब ५८ करोड २० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो ।
राष्ट्रिय बीमा कम्पनीको व्यवसाय घट्यो
गत असार मसान्तसम्ममा राष्ट्रिय बीमा कम्पनीको व्यवसाय घटेको छ । अघिल्लो आवमा २ अर्ब ६४ करोड ७१ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको कम्पनीको व्यवसाय गत आवमा २ अर्ब ३१ करोड ७ लाखमा झरेको हो ।
अन्य कम्पनीले कति संकलन गरे
गत असार मसान्तसम्म नेपाल इन्स्योरेन्स कम्पनीले एक लाख ८१ हजार ३२९ बीमालेख बिक्री गरी एक अर्ब ५८ करोड ५८ लाख रुपैयाँ बीमाुशल्क आर्जन गरेको छ भने दि ओरियन्टल इन्स्योरेन्सले गत आवमा एक अर्ब ४९ करोड ९४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, नेशनल इन्स्योरेन्स कम्पनीले एक अर्ब एक करोड ८९ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले २ अर्ब ९२ करोड २४ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार यस अवधिमा प्रभु इन्स्योरेन्सले एक अर्ब ६५ करोड ८७ लाख, एनएलजी इन्स्योरेन्सले २ अर्ब ४० करोड ५४ लाख, हिमालयन एभरेष्टले ३ अर्ब ३५ करोड ४० लाख, सानिजमा जिआइसीले २ अर्ब ३२ करोड ४४ लाख, आईजीआई प्रूडेन्सियलले ३ अर्ब ३८ करोड ७७ लाख र युनाइटेड अजोडले ३ अर्ब ४१ करोड ९० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
Advertisment