Below Menu
Below Menu

सूर्यज्योति लाइफले कमायो ४६ करोडबढी नाफा 

सूर्यज्योति लाइफले कमायो ४६ करोडबढी नाफा 

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको नाफा बढेको छ । 

अघिल्लो आवमा ३७ करोड ७७ लाख रूपैयाँ नाफा कमाएको कम्पनीले गत आवमा ४६ करोड ३ लाख रूपैयाँ नाफा कमाएको छ । यस अवधिमा कम्पनीको नाफा २३.१८ प्रतिशतले बढेको हो । 

उक्त विवरण अनुसार कम्पनीको नाफा बढ पनि बीमाशुल्कमा भने कमी आएको छ । समिक्षा अवधिमा कम्पनीले ८ अर्ब ८१ करोड ८२ लाख रूपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ८ अर्ब ५४ करोड ९ लाख रूपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी १० रूपैयाँ १३ पैसा रहेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४३ करोड ४८ लाख रहेको छ भने जगेडा कोषमा २ अर्ब ४८ करोड ५० लाख रूपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च घटेको छ । अघिल्लो आवमा एक अर्ब ११ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको व्यवस्थापन खर्च गत आवमा आइपुग्दा ७.८३ प्रतिशतले घटेर ८९ करोड ११ लाख रुपैयाँमा झरेको छ ।

त्यस्तै कम्पनीले यस अवधिमा अभिकर्ता कमिसनका पनि १७.७९ प्रतिशतले घटाएकोछ । गत असार मसान्तसम्म कम्पनीले अभिकर्ता कमिसनका लागि ९१ करोड ६६ लाख रुपैयाँ खर्च गरेको छ ।

Advertisment

थप समाचार