Below Menu
Below Menu

व्यवसायमा आक्रमक बन्यो आइएमई लाइफ इन्स्योरेन्स, ८७.१७ प्रतिशतले बढ्यो नाफा

व्यवसायमा आक्रमक बन्यो आइएमई लाइफ इन्स्योरेन्स, ८७.१७ प्रतिशतले बढ्यो नाफा

काठमाडौं : व्यवसाय विस्तारमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी आक्रमक बनेको छ । कम्पनीले गत आर्थिक वर्षमा मात्रै २४ करोड ८ लाख १३ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ८७.१७ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षमा १२ करोड ८६ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

त्यस्तै समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १६.४८ प्रतिशतले बढेर ४ अर्ब १ करोड ६५ लाख १३ हजार रुपैयाँ पुगेको छ। त्यस्तै कम्पनीको हालसम्मको कुल बीमा शुल्क आर्जन १३ अर्ब ४५ करोड ८९ लाख ५४ हजार रुपैयाँ रहेको छ। कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या भने ४ लाख २५ हजार ७५४ छ।

कम्पनीले गत आवमा २ अर्ब ९१ करोड ८५ लाख ७६ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम भने ६६ लाख ८८ हजार रुपैयाँ मात्रै छ ।

४ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ७१ करोड ३८ लाख ७३ हजार रुपैयाँ र जीवन बीमा कोषको आकार ४३.२४ प्रतिशतले बढेर ६ अर्ब ७५ करोड १५ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ५ पैसा रहेको छ।

Advertisment

थप समाचार