Below Menu
Below Menu

सिटिजन लाइफ इन्स्योरेन्सकाे नाफा ६५.८८ प्रतिशतले बढ्दा अन्य सूचक कस्तो छ?

सिटिजन लाइफ इन्स्योरेन्सकाे नाफा ६५.८८ प्रतिशतले बढ्दा अन्य सूचक कस्तो छ?

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष (२०७९/८०) को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २० करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो नाफा गत आर्थिक वर्ष भन्दा ६५.८८ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १२ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीले समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ६ दशमलव ७२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ०१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस त्रैमाससम्मा ५ अर्ब ३५ करोड रुपैयाँ पुर्याएको छ ।

कम्पनीको जीवन बीमा कोष ५६ दशमलव ०७ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा ९ अर्ब ४१ करोड रुपैयाँ जम्मा भएको छ।

अघिल्लो वर्षको यही अवधिमा जीवन बीमा कोषमा ६ अर्ब ०३ करोड रुपैयाँ थियो । त्यस्तै जगेडा कोष २१ दशमलव ५० प्रतिशतले वृद्धि हुँदै १ अर्ब ९ करोड पुगेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १६ करोडको दाबी भुक्तानी भएको थियो । २ अर्ब ६२ करोड चुक्ता पूँजी रहेको कम्पनीले गत आर्थिक वर्ष १ अर्ब ५७ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ।

Advertisment

थप समाचार