Below Menu
Below Menu

चन्द्रागिरी हिल्सको नाफामा उछाल, अन्य सूचक कस्तो छ?

चन्द्रागिरी हिल्सको नाफामा उछाल, अन्य सूचक कस्तो छ?

काठमाडौं : चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्ष (२०७९/८०) को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले १५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७९६.४१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चन्द्रागिरीमा बाह्य तथा आन्तरिक पर्यटकहरुको आगमनमा उल्लेख्य सुधार भएपछि कम्पनीको आम्दानी बढ्न गई खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आदानी ३६.५४ प्रतिशत बढेर ९१ करोड ३४ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी ४०.५२ प्रतिशत बढेर ७९ करोड २६ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७५ पैसा बढेर ९ रुपैयाँ ८५ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८४ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४६.६३ गुणा रहेको छ। कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ रहेको छ।

Advertisment

थप समाचार