काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ३१.८० अंकले घटेर २०४५.४४ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ३.६१ अंकले घटेर २०७७.२४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २० कम्पनीको शेयरमूल्य बढेको छ । भने २०१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । आज बजारमा दुई अर्ब १५ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा २ अर्ब ९ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन डिष्ट्रिलरी कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २० करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा इमर्जिङ नेपाल लिमिटेड कम्पनी रहेका छन् । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले बढेको हो । आज हिमालयन डिष्ट्रिलरी कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दाबढीले घटेको छ ।
Advertisment