Below Menu
Below Menu

खराब कर्जा २८५.९२ प्रतिशतले बढ्दा सहकारी बैंक १४ करोडबढी नोक्सानीमा

खराब कर्जा २८५.९२ प्रतिशतले बढ्दा सहकारी बैंक १४ करोडबढी नोक्सानीमा

काठमाडौं : राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ  । उक्त वित्तीय विवरण अनुसार बैंक १४ करोड रुपैयाँ भन्दा बढी घाटामा रहेका छ । 

अघिल्लो आवमा ९९ करोड ४० लाख  ४३ हजार रुपैयाँ नाफा कमाएको बैंकले गत असार मसान्तसम्म १४ करोड ६४ लाख २० हजार रुपैयाँ घाटामा गएको हो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी घटेका कारण बैंकको नााफा घटेको हो । 

अघिल्लो आवमा एक अर्ब ९० करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको सहकारी बैंकले गत आवमा एक अर्ब २८ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । उक्त ब्याज आम्दानी ३२.७९ प्रतिशतले कम हो । यस्तै, यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३२.०२ प्रतिशतले घटेको छ । 

समिक्षा अवधिमा सहकारी बैंकको खराब कर्जा बढेका कारण नाफामा असर परेको हो । खराब कर्जा बढेसँगै जोखिम व्यवस्थापनका लागि रकम छुट्याउनु पर्दां बैंकको नाफा प्रभावित भएको हो । बैकले यस अवधिमा सम्भावित जोखिम व्यवस्थापनका लागि बैंकले २ अर्ब ४४ करोड ३ लाख रुपैयाँ छुट्याएको छ । जबकी अघिल्लो आवमा यस्तो रकम ९४ करोड ६७ लाख रुपैयाँ मात्र छुट्याएको थियो । 

यस अवधिमा कम्पनीको खराब कर्जा २८५.९२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २.०६ प्रतिशत रहेको बैंकको खराब कर्जा गत आवमा आइपुग्दा बढेर ७.९५ प्रतिशत पुगेको छ। 

Advertisment

थप समाचार