Below Menu
Below Menu

पेट्रोल र डिजेलको मूल्य बढ्याे

पेट्रोल र डिजेलको मूल्य बढ्याे

काठमाडौं : पेट्रोल र डिजेलको मूल्य बढेकाे छ । नेपाल आयल निगमको सञ्चालक समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल प्रतिलिटरमा पाँचले बढाएर मूल्य समायोजन गरेको हो ।

निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य १६४ दशमलव पाँच रुपैयाँ प्रतिलिटर कायम हुनेछ ।

इन्डियन आयल कार्पोरेशनबाट आज पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव ८५ र ११ दशमलव २५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।

Advertisment

थप समाचार