Below Menu
Below Menu

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणको लागि बिक्री खुला गरेको आईपीओमा आज साँझ ५ बजेसम्म आवेदन दिन सकिने छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँट गरेपश्चात आइतबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । 

कम्पनीले सर्वसाधारणका लागि २२ लाख ७६ हजार ६२० कित्ता शेयर निष्काशन गरेको हो । स्थानिय बासिन्दाका लागि निष्काशन गरिएको शेयरमा पूर्ण आवेदन नपरेपछि थप बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्तासहित उक्त शेयर जारी गरेको हो । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि  २ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख कित्ता शेयर निष्कासन गरेको थियो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।

 

Advertisment

थप समाचार