काठमाडौं : नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले ७ अर्ब ८० करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ७.८६ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको आम्दानी घटेसँगै नाफामा असर परेको हो ।
गत असार मसान्तसम्म कम्पनीको बिक्रीबाट हुने आम्दानी २.९४ प्रतिशतले घटेर ३६ अर्ब ८० करोड ३९ लाख रुपैयाँमा झरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३७ अर्ब ९१ करोड ७७ लाख बिक्री रुपैयाँ आम्दानी गरेको थियो ।
गत असार मसान्तसम्म कुल आम्दानी १.१ज्ञ प्रतिशतले बढेर ४४ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ पुगको छ भने अन्य आम्दानी ४५.३४ प्रतिशतले घटेर २९ करोड ९२ लाख रुपैयाँमा झरेको छ ।
यस अवधिमा कम्पनीको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४३ रुपैयाँ ३६ पैसा रहेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो आम्दानी ४७ रुपैयाँ ०६ प्रतिशत रहेको थियो ।
Advertisment