काठमाडौं : नेपाल एसबिआई बैंकको विकास ऋणपत्रममा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत बिहिबारदेखि बिक्रीमा ल्याएको विकास ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
बैंकले १० वर्ष अवधिका लागि ९ प्रतिशत ब्याजदरको ‘९ प्रतिशत एसबीआई बैंक ऋणपत्र २०८९’ सार्वजनिक निष्कासनमा ल्याएको हो ।
बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित दरमा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको ।
जसमध्ये विभिन्न संघ संस्थाका लागि ६० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता र सर्वसाधारणका लागि ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता छुट्याएको छ ।
त्यस्तै सामुहिक लगानी कोषका लागि बैंकले ५ प्रतिशत अर्थात ४० हजार कित्ता छुट्याएको छ । उक्त ऋणपत्रमा न्युनतम २५ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ८ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि आस्वा र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।
Advertisment