काठमाडौं : धौलागिरी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा संस्था एक करोडबढी नोक्सनीमा रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा २ करोड ९० लाख रुपैयाँ नाफा कमाएको कम्पनी गत असार मसान्तसम्म आइपुग्दा एक करोड ९ लाख रुपैयाँ नोक्सानीमा रहेका हो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै संस्थाको नाफामा घट्न पुगेको हो । उक्त वित्तीय विवरण अनुसार कम्पनीको निष्क्रिय कर्जा बढेका कारण पनि संस्थाको नाफा प्रभावित भएको हो ।
गत असार मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी २५.३१ प्रतिशतले घटेको छ भने कुल सञ्चालन आम्दानी १५.६२ प्रतिशतले घटेको छ । त्यस्तै सञ्चालन नाफा ६ करोड ७६ लाख रुपैयाँ नोक्सानीमा रहेको छ ।
कम्पनीको नाफा घटेसँगै संस्थाको प्रतिशेयर आम्दानी पनि घटेको छ । यस अवधिमा कम्पनीको ८ रुपैयाँ २६ पैसामा झरेको छ । त्यस्तै यस अवधिमा कम्पनीको निष्क्रिय कर्जा पनि बढेर ३.९० प्रतिशतबाट बढेर ४.०३ प्रतिशत पुगेको छ ।
Advertisment