काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज २०.३१ अंकले घटेर २०२५.१२ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ३१.८० अंकले घटेर २०४५.४४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा एक अर्ब ६७ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा दुई अर्ब १५ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन डिष्ट्रिलरी कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ८ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा सनराएज फोकस इक्विटी फण्ड रहेको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले बढेको हो । आज माउन्टेन हाइड्रो नेपाल कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दाबढीले घटेको छ ।
Advertisment