Below Menu
Below Menu

रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँट

रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँट

काठमाडौं :  रिलायबल नेपाल लाइफको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ बुधबार बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो।

कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा १४ लाख ७७ हजार ८७७ जनाले ४ अर्ब ४९ करोड ३९ लाख ७३ हजार ९६० रुपैयाँ बराबरको एक करोड ७४ लाख ८६ हजार २८० कित्ताका लागि आवेदन दिएका थिए।

मागभन्दा बढी आवेदन परेपछि कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो। आवेदन दिएकाहरूमध्ये ९ लाख ६० हजारले १०/१० कित्ताको दरले शेयर पाएका छन्। बाँकीको हात खाली भएको छ 
 
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी २५७ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । 

कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर जारी  गरेको थियो ।

Advertisment

थप समाचार