Below Menu
Below Menu

जीवन बीमा कम्पनीहरुले कमाए करिब साढे ४ अर्ब नाफा, कुनको कति ?

जीवन बीमा कम्पनीहरुले कमाए करिब साढे ४ अर्ब नाफा, कुनको कति ?

काठमाडौं : हाल सञ्चालनमा रहेको १४ जीवन बीमा कम्पनीहरुले गत असार मसान्तसम्म ४ अर्ब रुपैयाँ भन्दाबढी नाफा कमाएका छन् । कम्पनीहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार इन्स्योेरेन्सहरुले ४ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ४०.१६ प्रतिशतले बढी हो । जबकी अघिल्लो आवको सोही अवधिमा कम्पनीहरुले ३ अर्ब १९ करोड २४ लाख रुपैयाँ नाफा कमाएका थिए ।

प्रकाशित वित्तीय विवरण अनुुसार गत असार मसान्तसम्म आइपुग्दा ८ कम्पनीको नाफा बढेको छ भने ६ कम्पनीको नाफा घटेको छ । यस सर्वाधिक नाफा कमाउनेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले गत असार मसान्तसम्म ५६ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको हो । जबकी अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीको नाफा १६३.९९ प्रतिशतले बढेको हो ।

नाफा घटेका कम्पनीहरु

कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा ६ कम्पनीको नाफा घटेको छ । यस अवधिमा राष्ट्रिय बीमा संस्थानको नाफा २.०८ प्रतिशत, नेशनल लाइफको ९५.०७ प्रतिशत, मेट लाइफको ३९.६६ प्रतिशत, एशियन लाइफको १७.६८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३६.९६ प्रतिशत र सूर्यज्योति लाइफको ३६.१२ प्रतिशतले नाफा घटेको हो ।

 नाफा (रु हजारमा) 


 

Advertisment

थप समाचार