Below Menu
Below Menu

सर्वसाधारणका लागि सन नेपाल लाइफको आईपीओ आजदेखि बिक्रीमा 

सर्वसाधारणका लागि सन नेपाल लाइफको आईपीओ आजदेखि बिक्रीमा 

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल १३९ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । 

इन्स्योरेन्सले हाल कायम रहेको पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले जारी गर्न लागेको कुल शेयरमा ४ लाख ८० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ लाख  ८० हजार  कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले छुट्याइएको छ । बाँकी रहेको ७६ लाख ८० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासनमा ल्याएको शेयरमध्ये ९ लाख ६० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली निष्काशन गरि बाँडफाँट गरिसकेको छ । इन्स्योरेन्सको आईपीओमा लगानीकर्ताले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ १४ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।

कम्पनीले जारी गर्न लागेको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा २० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ । आईपीओ खरिदका लागि लगानी कर्ताले बिक्री प्रबन्धकको वेभसाइट र सि आवस्वा तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । 

Advertisment

थप समाचार