भदौ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले बढाए ब्याजदर, कुनको कति ? 

भदौ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले बढाए ब्याजदर, कुनको कति ? 

काठमाडौं : सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार १२ वटाले बढाएका छन् भने चार वटाले घटाएका छन् । त्यस्तै चार बैंकको ब्याजदर भने स्थिर रहेको छ ।

अधिकांश बैंकहरुले भदौ महिनाका लागि १० प्रतिशतमाथि ब्याजदर पुर्याएका छन् । ब्याजदर बढाएका बैंकहरुमा कुमारी बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, सानिमा बैंक कृषि विकास बैंक र नेपाल बैंकले १०.८९६ प्रतिशत ब्याजदर तोकेका छन् ।

त्यस्तै, प्राइम कमर्सियलले १०.५० प्रतिशत, नबिलले १०.४९ प्रतिशत, लक्ष्मी सनराइजले १०.४० प्रतिशत, एभरेष्ट बैंकले १० प्रतिशत र प्रभू बैंकले पनि १० प्रतिशत ब्याजदर तोकेको छन् । यी बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिक्तम ब्याजदर १०.८९६ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको अधिक्तम ब्याजदर ८.८९६ प्रतिशत पुर्याएका हुन् ।

गत साउन महिनाको तुलनामा एनएमबि, प्राइम कमर्सियल, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया लगायतका बैंकहरुले भदौ महिनाका लागि ब्याजदर घटाएका छन् । भदौ महिनाका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम ८.९२ प्रतिशत ब्याजदर तोेकेको छ ।

उक्त बैंकले मुद्दति निक्षेपमा अधिकतममा ८.९२ प्रतिशत र संस्थागत तर्फ ६.९२ प्रतिशतका दरले ब्याज दिने भएको छ । भदौमा ब्याजदर स्थिर राख्नेमा हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल एसबिआई र नबिल बैंक रहेका छन् । 
 

थप समाचार