काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ८.०१ अंकले बढेर २०३३.१३ बिन्दुमा पुगेको हो । बुधबार नेप्से २०.३१ अंकले घटेर २०२५.१२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १३५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा एक अर्ब ५४ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ६७ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सोल्टी होटल्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १३ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम रहेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । आज लक्ष्मी इक्विटी फण्डको शेयरमूल्य ७ प्रतिशत भन्दाबढीले घटेको छ ।
Advertisment