काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले गत असार मसान्तसम्म ५ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । कम्पनीहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीहरुले ५ अर्ब १५ करोड ९१ लख रुपैयाँ बराबरको नाफा कमाएका हुन् ।
उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४४.१७ प्रतिशतले बढी हो । जबकी अघिल्लो आवको सोही अवधिमा कम्पनीहरुले ३ अर्ब ५७ करोड ८३ लाख रुपैयाँ नाफा कमाएका थिए । नाफासँगै कम्पनीहरुको बीमाशुल्क संकलनमा पनि वृद्धि देखिएको छ ।
उक्त वित्तीय विवरण अनुसार समिक्षा अवधिमा सर्वाधिक नाफा वृद्धि गर्नेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा ४० करोड ६ लाख रुपैयाँ नाफा कमाएको हो । उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १८४.७५ प्रतिशतले बढी हो ।
त्यस्तै गत असार मसान्तसम्म धेरै नाफा वृद्धि गर्ने कम्पनीमा सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीको नाफा ९३.३६ प्रतिशतले बढेको हो । त्यस्तै, राष्ट्रिय बीमा कम्पनी पनि रहेको छ । यस अवधिमा कम्पनीको नाफा ६३.१६ प्रतिशतले बढेको हो ।
उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवमा १२ करोड ६५ लाख रुपैयाँ घाटामा रहेको नेशनल इन्स्योरेन्सले पनि नाफा बढाएको छ । गत असार मसान्तसम्म कम्पनीले २० करोड १८ लाख रुपैयाँ नाफा कमाएको हो । यस अवधिमा मर्जरमा गएका कम्पनीहरुले पनि नाफामा उल्लेख्य वृद्धि गरेका छन् ।
यस्तो छ अन्य कम्पनीको अवस्था
Advertisment