काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले सामुदाियक लघुवित्त वित्तीय संस्था र प्रभु लाइफ इन्स्योरेन्सको २० लाख ९२ हजार कित्ता बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार अनुसार सामुदायिक लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनसपछिको एक लाख ३२ हजार कित्ता शेयर सूचीकृत भएको छ ।
त्यस्तै, प्रभु लाइफ इन्स्योरेन्सको ९.८ प्रतिशत बोनसपछिको १९ लाख ६० हजार कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment