काठमाडौं : सिद्धार्थ म्युचुअल फण्डद्धारा सञ्चालित तीन योजनाले प्रतिफल घोषणा गरेको छन् । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट प्रतिफल दिने घोषणा गरेका हुन् ।
सिद्धार्थ इक्विटी फण्डले गत आवको मुनाफाबाट इकाईधनीहरुलाई करसहित ५ प्रतिशतका दरले हुने आउने ७ करोड २६ लाख रुपैयाँ प्रतिफल दिने भएको छ ।
त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम –२ ले इर्काईधनीहरुलाई करसहित ६.५ प्रतिशतका दरले हुन आउने ७ करोड ८० लाख रुपैयाँ प्रतिफल दिने घोषणा गरेको छ भने अर्को योजना सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम –३ ले यस वर्ष इकाईधनीहरुलाई प्रतिफल नलिने घोषणा गरेको छ ।
उक्त कम्पनीहरुको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल रहेको छ ।
Advertisment