काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप पाँच कम्पनीलाई नयाँ ब्रोकर लाईसेन्सका लागि आशयपत्र प्रदान गरेको छ । साउन ३२ गते बसेको बोर्डको सञ्चालक समितिको बैठकले थप ५ कम्पनीलाई ब्रोकर लाईसेन्सका लागि आशयपत्र प्रदान गर्ने निर्णय गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार सिमित र पूर्ण कार्य गर्नका लागि उक्त कम्पनीहरुलाई आशयपत्र प्रदान गरिएको हो ।
पछिल्लो समय आशयपत्र प्राप्त गर्ने कम्पनीहरूमा सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिज रहेका छन् । हालसम्म नयाँ लाइसेन्स पाउने ब्रोकरको संख्या ३७ पुगेको छ ।
बोर्डका अनुसार नयाँ लाइसेन्स पाउने कम्पनीहरुमध्ये रोडसो सेक्युरिटिज लिमिटेड, बेनी सेक्युरिटिज लिमिटेड र बेनी सनी सेक्युरिटिज सिमित कार्य गर्ने पाउने छन् भने हिमालयन सेक्युरिटिज लिमिटेड र सनी सेक्युरिटिज लिमिटेडले पूर्ण कार्य गर्न पाउनेछन् ।
Advertisment