Below Menu
Below Menu

पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक फरार, जाहेरी दिन बचतकर्तालाई प्रहरीको आग्रह 

पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक फरार, जाहेरी दिन बचतकर्तालाई प्रहरीको आग्रह 

काठमाडौं : बचतकर्ताको रकम हिनामिना गरी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक फरार भएपछि बचतकर्ताहरुलाई जाहेरी दिन प्रहरीले आग्रह गरेको छ । 

सञ्चालकहरुले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेर फरार रहेकाले निजहरू उपर कारबाही गरी पाउँ भनि बचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी समेत दिएका छन् ।

उक्त जाहेरी दरखास्त दर्ता भई अनुसन्धानको क्रममा रहेको प्रहरी कार्यालयले जनाएको छ । यसका साथै उक्त सहकारी संस्थामा बचतकर्ता रही सहकारीबाट बचत रकम फिर्ता नपाएका प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिन बाँकी रहेका सदस्यहरुलाई जाहेरी दिन प्रहरीले आग्रह गरेको हो । 

पोखरा महानगरपालिका वडा नं. ४ नालाकोमुख स्थित संचालनमा रहेको सुर्य दर्शन बचत तथा ऋण सहकारीका संचालक समितिका पदाधिकारीहरू बचतकर्ताको रकम ठगी गरी सञ्चालक फरार रहेका छन् ।

पीडित बचतकर्ताहरुले सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौंचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागज सहित कानून बमोजिम सहकारी ऐन शीर्षकमा जाहेरी दिन प्रहरी कार्यालयले सूचना जारी गरेको छ ।

कार्यालयका अनुसार मुद्दाको हदम्यादलाई मध्यनजर गरेर पीडित बचतकर्ताहरुले भदौ १५ गते भित्रमा अनिवार्य रूपमा यसै सूचनालाई आधार मानेर जाहेरी दरखास्त पेश गर्न समेत अनुरोध गरिएको छ ।

Advertisment