काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।
बैंकले यसअघि उक्त शेयर खरिदका विद्यमान शेयरधनीहरुका लागि सूचना जारी गरेकोे थियो । सूचना जारी गरेको ३५ दिन भित्र पनि आवेदन नपरेपछि प्रचलित कानुन बमोजिम बाह्य खरिदकर्तालाई संस्थापक शेयर बिक्री खुला गरेको हो ।
इच्छुक व्यक्ति तथा कम्पनीले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवश्यक कागजपत्र संलग्न गरी बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको शेयरसंख्या र मूल्य खुलाई आवेदन दिन सक्नेछन् ।
Advertisment