प्रभु बैंकसहित दुई कम्पनीको करिब ७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा 

प्रभु बैंकसहित दुई कम्पनीको करिब ७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : दुई कम्पनीको करिब ६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । प्रभु बैंक र फरवार्ड सामुदायिक माइक्रोफाइन्स कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ६ लाख ९४ हजार २४१ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरु र सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा ल्याएका हुन् ।

प्रभु बैंकले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ९४ हजार २४१ कित्ता शेयर संस्थापक शेयरधनीका लागि बिक्रीमा ल्याएको थियो । उक्त शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुको आवेदन नआएकोले बैंकले संस्थापक शेयरधनीवाहेक अन्य व्यक्ति तथा संस्थामा विक्री खुला गरेको हो ।

उक्त शेयर खरीदका लागि आगामी १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहलमा आवेदन दिन सकिने बैंकले जनाएको छ । 
त्यसैगरी र फरवार्ड सामुदायिक माइक्रोफाइन्स कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ५ लाख कित्ता शेयर संस्थापक शेयरधनीका लागि बिक्रीमा ल्याएको हो ।

संस्थाले संस्थापक शेयरधनीका लागि बिक्रीमा ल्याएको उक्त शेयर खरिदका इच्छुक संस्थापक शेयरनीहरुले लागि सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजपत्र संलग्न गरी संस्थाको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको शेयरसंख्या र मूल्य खुलाई आवेदन दिन सक्नेछन् ।

सूचना प्रकाशित भएको ३५ दिन शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम बाह्य खरिदकर्तालाई संस्थापक शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
 

थप समाचार