Below Menu
Below Menu

दुई हजार बिन्दुबाट तल झर्यो नेप्से, एक अर्ब ४० करोडका‍े कारोबार

दुई हजार बिन्दुबाट तल झर्यो नेप्से,  एक अर्ब ४० करोडका‍े कारोबार

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले घटेको  छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज १२.९३ अंकले घटेर १९९८.२८ बिन्दुमा पुगेको हो । आइतबार नेप्से २१.९१ अंकले घटेर २०११.१४ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने ७१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा एक अर्ब ४० करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा एक अर्ब ४४ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज शिवम् सिमेन्टको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ८ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा कुथेली बुखारी स्मल हाइड्रोपावर र लक्ष्मी लघुवित्त वित्तीय संस्था रहेका छन् । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । आज मेन्छीयाम हाइड्रोपावर कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दाबढीले घटेको छ ।
 

Advertisment

थप समाचार