काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज २९.४७ अंकले बढेर २०४५.४५ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १७.६९ अंकले बढेर २०१५.९८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २०४ कम्पनीको शेयरमूल्य बढेको छ । भने २० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको आएको छ । आज बजारमा एक अर्ब ५१ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब ३३ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज घोराही सिमेन्ट इन्डष्ट्रिजको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज सात करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा कुथेली बुखारी स्मल हाइड्रोपावर, ग्लोबल आईएमई ब्यालेन्स फण्ड र र लिबर्टी इनर्जी कम्पनी रहेका छन् । यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज सिटिजन्स सुपर ३० म्युचुअल फण्डको शेयरमूल्य ७ प्रतिशत भन्दाबढीले घटेको छ ।
Advertisment