काठमाडौं : प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत औसीईओ) सीए संजीव मानन्धर नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको भदौ ८ गते बसेको बैठकले मानन्धरलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त सीईओ मानन्धरले आजै बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण समारोहमा संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले लामो समयदेखि बैंकमा आबद्ध मानन्धरको नेतृत्वमा बैंकले उत्तरोत्तर प्रगति गर्ने आशा व्यक्त गरी निजको कार्यकालको पूर्ण सफलताको लागि अध्यक्ष राजेन्द्रदास श्रेष्ठले शुभकामना व्यक्त गरेका छन्।
बैंक स्थापनाकालदेखि नै महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यस अघि कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा थिए । मानन्धरसँग बैंकिङ क्षेत्रमा काम गरेको २३ वर्ष बढीको अनुभव छ ।
Advertisment