काठमाडौं : माण्डु हाइड्रोपावरले आजदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले १३ लाख ६ हजार ३०६ कित्ता सेयर आइपीओ जारी गरेको हो । जसमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ७२ हजार १३३ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । उक्त शेयर बाँडफाँट समेत गरिसकेको छ ।
बाँकी १२ लाख ५ हजार ३२० कित्ताका लागि सर्वसाधारणको लागि खुला गरेको हो । कम्पनीले यसअघि आफ्नो जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १०५ अर्थात ७२ हजार ७३० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि भदौ १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले खोटाङ जिल्लास्थित बागमती खोलाको पानी प्रयोग गरी २२ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
Advertisment