काठमाडौं : राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि भिडन्त आज हुँदैछ । कीर्तिपुर मैदानमा साँझ ५ बजे हुने फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् ।
सुदूरपश्चिम दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराएर फाइनल पुगेको हो । लुम्बिनीले भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम पराजित गर्दै फाइनल पुगेको हो ।
सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुगेको हो । पहिलोमा जनकपुरसँग र दोस्रोमा लुम्बिनीसँग हारेको सुदूरपश्चिम यसपटक च्याम्पियन बन्न चाहन्छ ।
लुम्बिनी गत संस्करणको विजेता टोली पनि हो। लुम्बिनी पनि पुनः उपाधि रक्षा गर्न चाहन्छ । सुदूरपश्चिम दिपेन्द्र सिंह ऐरी र लुम्बिनी रोहितकुमार पौडेलको कप्तानीमा मैदान उत्रनेछ ।