Below Menu
Below Menu

सिटिजन्स म्युचुअल फण्ड–२ ले गर्यो प्रतिफल प्रस्ताव 

सिटिजन्स म्युचुअल फण्ड–२ ले गर्यो प्रतिफल प्रस्ताव 

काठमाडौं : सिटिजन्स म्युचुअल फण्ड २ ले प्रतिफल दिने घोषणा गरेको छ । सिटिजन क्यापिटलको भदौ ७ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई प्रतिफल दिने निर्णय गरेको हो।

क्यापिटलको व्यवस्थापनमा रहेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ ले गत आर्थिक वर्षको नाफाबाट इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । 

क्यापिटलले इकाईधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। कम्पनीले प्रतिफल वितरण प्रयोजनका लागि भदौ १९ गते एकदिनका लागि बुकक्लोज गर्ने भएको छ।  जस अनुुसार भदौ १८ गतेसम्म कायम धएका इकाईधनीले मात्र म्युचुअल फण्डले वितरण गर्ने  लाभांश प्राप्त गर्न सक्नेछन् ।

Advertisment

थप समाचार