Below Menu
Below Menu

पन्ध्र अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 

पन्ध्र अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १५ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

बैंकले ८ अर्ब रुपैयाँ बराबरको २८ दिने, ७ अर्ब १३ करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी असोज ९  गते र ९१ दिन अवधिको ट्रेजरी मंसिर १२ गते परिपक्क हुने छ ।

उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ भने मंगलबार वितरण हुने छ । यसअघि बैंकले  ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ९१ दिने, २ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण गरेको थियो । 

Advertisment

थप समाचार