काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १५ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार २० अर्ब ४ करोड ५० रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
बैंकले ८ अर्ब रुपैयाँ बराबरको २८ दिने, ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ९१ दिने, ७ अर्ब रुपैयाँ बराबरको १८२ दिने र दुर्य अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी असोज १६ गते र ९१ दिन अवधिको ट्रेजरी मंसिर १९ गते परिपक्क, १८२ दिन अवधिको ट्रेजरी फागुन २२ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ भदौ १८ गते परिपक्क हुने छ ।
उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ भने मंगलबार वितरण हुने छ । यसअघि बैंकले बैंकले ८ अर्ब रुपैयाँ बराबरको २८ दिने, ७ अर्ब १३ करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment