काठमाडौं : राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १७ गते अर्थात आइतबारदेखि नै लागु हुने गरी बचत र कर्जाको ब्याजदर परिवर्तन गरेको हो ।
बैंकले निर्धारण गरेको ब्याजदरमा बचत तर्फ न्युनतम ४ प्रतिशत देखि अधिकतम ११.७५ प्रतिशतसम्म कायम गरेको छ । त्यस्तै कर्जातर्फ कर्जाको योजना अनुसार न्युनतम ९.५० प्रतिशतदेखि अधिकतम १३.७५ प्रतिशतसम्म ब्याजदर कायम गरिएको सहकारी बैंकले जनाएको छ ।
निर्धारित नयाँ ब्याजदर अनुसार बचततर्फ साधारण बचतमा ४ प्रतिशतदेखि ४.२५ प्रतिशत, विशेष बचतमा ४.५० प्रतिशत, सुपर बचतमा ४.५० प्रतिशतदेखि ५ प्रतिशत, एन सि बि एल समुन्नत बचत खातामा ४.७५ प्रतिशतदेखि ५.५० प्रतिशतब्याजदर कायम गरिएको छ ।
त्यसैगरी, बैंकले एन सि बि एल प्रिमियम बचत खातामा ५ देखि ५.२५ प्रतिशत, अनिवार्य नियमित बचतमा १० प्रतिशत, क्रमिक बचतमा ९.७५ प्रतिशतदेखि १०.७५ प्रतिशत र मुद्दती निक्षेपमा ९.७५ प्रतिशत देखि ११.७५ प्रतिशत सम्म ब्याजदर कायम गरेको छ ।
त्यस्तै सहकारी बैंकले कर्जा तर्फ हायर पर्चेज कर्जामा १२.५० प्रतिशत, घर घडेरी खरिद तथा भवन निर्माण कर्जामा १२.५० प्रतिशतदेखि १२.७५ प्रतिशत, र सबल सहकारी कर्जामा १३.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
सहकारी बैंकका अनुसार घर घडेरी खरिद तथा भवन निर्माण कर्जाको स्वःलगानी नियमानुसार हुनेछ भने मुद्दती निक्षेपको बिड रेट ११.७५ प्रतिशतसम्म प्रस्ताव गर्न सकिनेछ ।
त्यस्तै अपागं, दलित र महिलाद्वारा मात्र सञ्चालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने बैंकले जनाएको छ । तर यस्तो सुविधा दोहारो हुने गरी प्रदान गरिने छैन ।
Advertisment