Below Menu
Below Menu

मर्जर प्रस्ताव पारित गर्नेसम्मका एजेन्डासहित चार कम्पनीले बोलाए साधारणसभा 

मर्जर प्रस्ताव पारित गर्नेसम्मका एजेन्डासहित चार कम्पनीले बोलाए साधारणसभा 

काठमाडौं : नबिल सेक्युरिटिजसहित विभिन्न चार कम्पनीले साधारणसभा बोलाएका छन् ।  कम्पनीहरुले हकप्रद शेयर जारी गर्नेदेखि मर्जर प्रस्ताव पारित गर्ने लगायतका एजेन्डा सहित साधारणसभा गर्न लागेका हुन् ।

साधारणसभा बोलाउने कम्पनीहरुमा नबिल सेक्युरिटिज, सोल्टी हस्पिटालिटी, म्याग्दी हाइड्रोपावर र नागरिक उर्जा बुटवल लिमिटेड रहेका छन् । 

नबिल सेक्युरिटिजले असोज १२ गते शुक्रबार साधारणसभा गर्ने भएको छ । भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले सो दिन कम्पनीको साधारणसभा गर्ने निर्णय गरेको हो ।

उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय तीनधारा दरबारमार्गमा हुनेछ । सो सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतको लेखापरिक्षण प्रतिवेदन माथि छलफल गर्ने छ ।

यसका साथै सभाले कम्पनीको नाम परिवर्तन गरी ‘नबिल स्टक डिलर लिमिटेड’ कायम गर्ने र कम्पनीको प्रबन्धपत्र र नियमावलीका विभिन्न प्रावधानहरुमा संशोधन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।  

सोल्टी हस्पिटालिटी लिमिटेडले असोज १६ गते कम्पनीको वार्षिक साधारणसभा गर्ने भएको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सोल्टी हस्पिटालिटीको दशौं वार्षिक साधारणसभा कम्पनीको रजिष्टर्ड कार्यालय ताहाचल काठमाडौंमा गर्ने निर्णय गरेको हो । उक्त सभा सो दिन दिउँसो ४ बजे हुनेछ । 

उक्त सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह तथा सोही मितिमा अन्त्य भएको आर्थिक वर्षको शेयर पुँजीमा भएको परिवर्तन तथा सो वार्षिक आर्थिक विवरणसँग सम्बन्धित लेखा सम्बन्धी वित्रीय विवरणका टिप्पणीमाथि छलफल गर्नेछ । 

म्याग्दी हाइड्रोपावरको गत भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रथम साधारणसभा असोज १२ गते गर्ने निर्णय गरेको छ । उक्त सभा सो दिन बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय बालुवाटारमा हुनेछ । उक्त सभाले गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतको लेखापरिक्षण प्रतिवेदन माथि छलफल गर्ने छ ।

यसका साथै सो सभाले म्याग्दी हाइड्रोपावर लिमिटेडले नागरिक उर्जा बुटवल लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने र नागरिक उर्जा बुटवल कम्पनीको सम्पूर्ण सम्पत्ति सकार्ने स्वीकृति प्रदान गर्नेछ । त्यसैगरी सम्झौताको आधारमा निर्धारण गरिएको यी दुई कम्पनीको १ः१ शेयर अनुपातको शेयरमूल्य पारित गरी प्राप्ति गर्ने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने छ ।

नागरिक उर्जा बुटवल लिमिटेडको वार्षिक साधारणसभा असोज ११ गते बिहिबार हुने भएको छ ।  भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रथम साधारणसभा सो दिन रजिष्टर्ड कार्यालय बुटवलमा बिहान ११ बजे गर्ने निर्णय गरेको हो । 
सो सभाल लेखापरीक्षण प्रतिवेदन सहित गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतको लेखापरिक्षण प्रतिवेदन माथि छलफल गरी प्रस्ताव पारित गर्नेछ । 

साथै नागरिक उर्जा बुटवल लिमिटेडलाई म्याग्दी हाइड्रोपावर लिमिटेडमा विलय गर्ने कार्य सम्पन्न पूर्वको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

नागरिक उर्जा बुटवल लिमिटेडलाई म्याग्दी हाइड्रोपावर लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्ने प्रयोजनको लागि नागरिक उर्जा बुटवल कम्पनीको नाममा रहेको सम्पूर्ण सम्पत्ति सकार्ने स्वीकृति प्रदान गर्नेछ । त्यसैगरी सम्झौताको आधारमा निर्धारण गरिएको यी दुई कम्पनीको १ः१ शेयर अनुपातको शेयरमूल्य पारित गरी प्राप्ति गर्ने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने छ । 

 
 

Advertisment

थप समाचार