काठमाडौं : माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ आइतबार बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो।
कम्पनीले सर्वसाधारणका लागि जारी गरेको ९ लाख ८१ हजार ६३१ जनाले १ करोड ७ लाख ११ हजार २७० कित्ताका लागि आवेदन दिएका थिए ।
मागभन्दा बढी आवेदन परेपछि कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो। आवेदन दिएकाहरूमध्ये एक लाख २० हजार ५३२ आवेदकले १०/१० कित्ताको दरले शेयर पाएका छन् भने एक लाख ४३ हजार ८७७ जनाको आवेदन रद्द भएको छ ।
कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँमा १२ लाख ५ हजार ३२० कित्ता आईपीओ निष्काशन गरेको थियो ।
Advertisment