Below Menu
Below Menu

सेयर बजारमा फर्कियो रौनक

सेयर बजारमा फर्कियो रौनक

काठमाडौं : बुधबार (आज) सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार ३९.४८ अंकले बढेर परिसूचक २००७.०६ को विन्दुमा उक्लिएको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ७.६६ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५६ अंक बढेको छ।

आज नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। कारोबार भएका २७५ कम्पनीको ५१ लाख ४४ हजार कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४९ करोड ५५ लाख २१ हजार रुपैंया भन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा आज एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। यस बैंकको ७ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

आज बजार दोहोरो अंकले बढ्दा बैंकिङ समूह १२.५६, विकास बैंक १०६.६९, वित्त समूह ५३.७१, होटल समूहमा १५७.६३, जलविद्युत समूहमा ७१.३९, जीबन बीमा समूहको २७३.४५, निर्जीबन बीमा समूह २४०.७८, उत्पादन तथा प्रशोधन समूहमा १०२.७४, टेड्रिङ समूह ६१.१० र अन्य समूह ३०.९८ अंक बढेको छ ।

आज बरुण हाइड्रोपावर र शुभम् पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तैगरी, समता घरेलु लघुवित्त र अरुण काबेली पावरको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन थ्रीस्टार हाइड्रोपावरको सेयरमूल्यमा भने सर्वाधिक गिरावट आएको छ ।

Advertisment

थप समाचार