Below Menu
Below Menu

 एभरेष्ट बैंकद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा 

 एभरेष्ट बैंकद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा 

काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।

बैंकले हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । 
हाल बैंकको चुक्ता पुँजी १० अर्ब २९ करोड ८० लाख रुपैयाँ रहेको छ । 

Advertisment