काठमाडौं : एनआईसी एशिया बैंकले लाभांश घोषणा गरेको छ । बैंकको बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई नगद र बोनस गरी ३०.५२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकले हाल कायम रहेको चुक्ता पुँजीको २९ प्रतिशतका दरले हुन आउने ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५५६ रुपैयाँ बरारबरको बोनस शेयर र कर प्रयोजनका लागि १.५२६३ प्रतिशतका दरले हुन आउने १७ करोड ६५ लाख ३ हजार २४० रुपैयाँ बराबरको नगद गरी कुल ३ अर्ब ५३ करोड ६४ हजार ७९६ रुपैयाँ बराबरको लाभांश दिने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । हाल बैंकको चुक्ता पुँजी १ज्ञ अर्ब ५६ करोड ४० लाख रुपैयाँ रहेको छ ।
Advertisment