काठमाडौं : प्रभु क्यापिटल लिमिटेडले साधारणसभा बोलाएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको पन्ध्रौ वार्षिक साधारणसभा गर्न लागेको हो ।
क्यापिटलले गत आवको मुनाफाबाट करसहित ६.३१५८ प्रतिशत लांभाश दिने प्रस्तावसहित साधारणसभा बोलाएको हो । सो सभा असोज १९ गते शुक्रबार अरण्ड बुटिक होटल एण्ड रेष्ट्रेन्ट नागपोखरी काठमाडौंमा हुने छ ।
उक्त सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको कम्पनीको आव २०७९/८० सम्मको वासलत र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विषयमा छलपल गर्नेछ ।
यसका साथैं सभाले क्यापिटलले वितरण गर्न लागेको लाभांश प्रस्ताव पारित गर्नेछ भने प्रबन्धपत्र र नियमावली संशोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
Advertisment