Below Menu
Below Menu

नेशनल लघुवित्तको ६२ हजार ५०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा 

नेशनल लघुवित्तको ६२ हजार ५०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा 

काठमाडौं : नेशनल लघुवित्त वित्तीय संस्थाको ६२ हजार कित्ता बढी संस्थापक बिक्रीमा आएको छ । कम्पनी संस्थापक शेयरधनीको नाममा रहेको ६२ हजार ५ सय कित्ता शेयर विद्यमान शेयरधनी वा जो कोही व्यक्ति, कम्पनी तथा संस्थाले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदका लागि इच्छुक शेयरधनीहरुले असोज १२ गते दिउँसो २ बजेभित्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलमा आफूले  खरिद गर्ने कित्ता खुलाई आवेदन पेश गर्ने सक्नेछन् ।

शेयरको न्युनतम मूल्य ५३० रुपैयाँ तोकिएको छ ।  बोलपत्र पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्नेछ ।  

Advertisment

थप समाचार