काठमाडौं : वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार भदौ महिनाको तुलनामा केही बैंकहरुले ब्याजदर बढाएका छन् भने केही बैंकहरुले घटाएका छन् ।
बैंकहरुको प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार गत भदौ महिनाको तुलनामा ७ बैंकहरुले असोज महिनाका लागि ब्याजदर बढाएका छन् । त्यस्तै ६ बैंकहरुले ब्याजदर घटाएका छन् भने चार बैंकहरुले भदौ महिनाकै ब्याजरलाई यथावत राखेका छन्।
असोज महिनामा लासिग ब्याजदर बढाउने बैंकहरुमा नबिल बैंक, प्राइम कमर्सियल, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसबिआई बैंक रहेका छन् । प्रकाशित नयाँ ब्याजदर अनुसार असोज महिनाका लागि सबैभन्दा बढी ब्याजदर बढाउनेमा एभरेष्ट र हिमालयन बैंक रहेका छन् ।
एभरेष्ट बैंकले भदौ महिनाको तुलनामा असोजका लागि १.०५४ प्रतिशत ब्याजदर बढाएको छ भने हिमालयन बैंकले १.०६४ प्रतिशत ब्याजदर बढाएको छ । यी दुई बैंकहरुको अधिकतम ब्याजदर ११.५४ प्रतिशत रहेको छ ।
त्यस्तै असोज महिनाका लागि नबिल बैंकले ११.०५४ प्रतिशत, प्राइम कमर्सियलले ११.३५८ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाले ११.०३ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले ९.२९ प्रतिशत र नेपाल एसबिआई बैंकले १० प्रतिशत ब्याजदर कायम गरेका छन् ।
त्यसैगरी ब्याजदर घटाउने ६ बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंकले ९.५ प्रतिशत, कुमारी बैंकले १०.११ प्रतिशत, लक्ष्मी सनराइजले १० प्रतिशत, ग्लोबल आईएमईले १०.५ प्रतिशत र सिटिजन्स इन्टरनेशनले बैंैक १०.०५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
असोज महिनाका लागि ब्याजदर यथावत राख्ने बैंकहरुमा एनएमबि, प्रभु, माछापुच्छ्रे र सिद्धार्थ बैंक रहेका छन् । उक्त बैंकहरुले भदौ महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका हुन ।
हाल यी बैंकहरुको ब्याजदर एनएमबि ९.९९ प्रतिशत, प्रभु बैंकको १० प्रतिशत, माछापुच्छ्रेको ९.९९ प्रतिशत र सिद्धार्थ बैंकको ९.९९ प्रतिशत रहेको छ ।
Advertisment