काठमाडौं : सिटिजन्स इन्टरनेशनल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई ५.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
बैंकले हाल कायम रहेको चुक्ता पुँजीको ५.७९ प्रतिशतका दरले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२ रुपैयाँ बरारबरको नगद लाभांश दिने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँ रहेको छ ।
Advertisment