काठमाडौं : नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले साधारणसभा बोलाएको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयधनीहरुलाई लाभांश दिने प्रस्तावसहति साधारणसभा गर्न लागेको हो ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले असोज २६ गते शुक्रबार साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा रोयल कुश्मा रिसोर्ट पर्वतमा दिउँसो १ः३० बजे हुनेछ ।
सो सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ ।
यसका साथै सभाले कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको २५ करोड ५० लाख रुपैयाँ १७.९३४२ प्रतिशतका दरले हन आउने ४ करोड ५७ लाख ३२ हजार २१० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी कम्पनीले अन्य इजाजत प्राप्त कुनै एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १८ गतेदेखि असोज २६ गतेसम्मका लागि शेयरधनी किताब खाता (बुक क्लोज) गर्ने भएको छ । जसअनुसार असोज १७ गतेसम्म नेप्सेमा कायम भएका शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश र साधारणसभामा भाग लिन पाउनेछन् ।
Advertisment