काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १६ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १६ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
बैंकले नौं अर्ब ५३ करोड रुपैयाँ बराबरको ९१ दिने, चार अर्ब ३० करोड रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने तीन अर्ब रुपैयाँ बराबरको ३६४ दिने नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिको ट्रेजरी पुस ३ गते, १८२ दिन अवधिको ट्रेजरी चैत ६ गते र ३६४ दिन अवधिको ट्रेजरी बिल २०८१ असोज १ गते परिपक्क हुने छ ।
उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ भने मंगलबार वितरण हुने छ । यसअघि बैंकले बैंकले ८ अर्ब ५० रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment