देशभरका शिवालयमा भक्तजनको घुइँचो तस्वीरहरू (तस्वीरहरू)

देशभरका  शिवालयमा भक्तजनको घुइँचो तस्वीरहरू (तस्वीरहरू)

काठमाडौं : हरितालिक तीज पर्वका अवसरमा  पशुपतिनाथ मन्दिरलगायत देशभरका  शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।

Sponsored Advertisement

तीज पर्वमा पशुपतिनाथ मन्दिरआउने भक्तजनका लागि बिहान ३ः०० बजे नै मन्दिरकोे चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण  महाशाखा प्रमुख एवं  सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा  लामको व्यवस्था गरिएको छ  । पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषल ६ः०० बजे अगाडि नै दर्शन गराइएको थियो । बिहान ६ः०० बजेपछि भने महिला बर्तालुलाई मात्र पशुपतिनाथ मूल मन्दिरमा प्रवेश दिइएको कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायका समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ  बिहानी समयमा भक्तजन लाममा बसेको आध घण्टामा दर्शन गरी फर्किएका छन् । पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क पानी वितरण, खोजतलास केन्द्रलगायत सेवाको पनि व्यवस्था गरिएको छ ।

आज काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ ।

काठमाडौँ महानगरपालिका–१६, बालाजु गुम्बास्थित तारकेश्वरधामको शिव मन्दिरमा भगवान् शिवको पूजा आराधना गर्न आएका भक्तजन । तस्बिर: हरिराम भेटुवाल/रासस

 

हरितालिका ‘तीज’ पर्वका अवसरमा चितवनको भरतपुर महानगरपालिका–१० स्थित महाकालेश्वर शिव मन्दिरमा भगवान् शिवको पूजा आराधना गर्दै भक्तजन । तस्बिरः कृष्ण आचार्य/रासस

 

थप समाचार