Below Menu
Below Menu

दुई दर्जन कम्पनीले अझै बुझाएनन् सेबोनमा वित्तीय विवरण 

दुई दर्जन कम्पनीले अझै बुझाएनन् सेबोनमा वित्तीय विवरण 

काठमाडौं : नेपाल धितोपत्र बोर्डले वित्तीय विवरण नबुझाउने कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । बोर्डका अनुसार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये दुई दर्जन कम्पनीले बोर्डमा विवरण बुझाएका छैनन् । 

बोर्डले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सम्बन्धमा नियमावलीको व्यवस्थाको सूचिकृत संगठित संस्थाबाट भएको परिपालना स्थिति सार्वजनिक गरेको हो ।

सेबोनका अनुसार सूचीकृत कम्पनीहरुमध्ये १३९ कम्पनीले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण बुझाएका छन् । बाँकी २४ ओटा कम्पनीहरुले विवरण नबुझाएको बोर्डले जनाएको छ ।

समय मै विवरण बुझाउने कम्पनीहरुमा सबैभन्दाबढी हाइड्रोपावर कम्पानी रहेका छन् । बोर्डका अनुसार सूचीकृतमध्ये ४१ वटा हाइड्रोपावर कम्पनीले समयमै बोर्डमा विवरण बुझाएका हुन ।

त्यसैगरी समयमै वित्तीय रिपोर्ट बुझाउनेमा १९ वाणिज्य बैंक, १२ विकास बैंक, १३ फाएनानस कम्पनी, ३ होटल एण्ड टुरिजम, ३ इन्भेष्मेन्ट कम्पनी, ६ जीवन बीमा कम्पनी, २ उत्पादन तथा प्रशोधन कम्पनी कम्पनी, ३१ लघुवित्त, सात निर्जीवन बीमा कम्पनी, एक ट्रेडिङ र एक अन्य कम्पनी रहेका छन् ।

समयमै वित्तीय विवरण नबुझाउनेमा तीन विकास बैंक, दुई फाइनान्स कम्पनी, ११ जलविद्युत कम्पनी, छ माइक्रोफाइनान्स, नेपाल रिइन्स्योरेन्स र विशालबजार कम्पनी रहेका छन ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा सुचिकृत कम्पनीहरुले बोर्डलाई आफ्नो वित्तीय विवरण बुझाउनु पर्ने व्यवस्था रहेको छ । 

 

 


 

Advertisment

थप समाचार