ऋणपत्र निष्काशन गर्न सिटिजन्स बैंकले पायो अनुमति

ऋणपत्र निष्काशन गर्न सिटिजन्स बैंकले पायो अनुमति

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ऋणपत्र निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो ।

Sponsored Advertisement

अब बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा प्रतिकित्ता १ हजार रुपैयाँका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ। सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि बिक्री गर्नेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने जनाएको छ।

उक्त ऋणपत्रको अवधि १० वर्ष रहनेछ। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

थप समाचार