Below Menu

माछापुच्छ्रे बैंकको ६२ हजार १६५ कित्ता संस्थापक शेयर बिक्रीमा 

माछापुच्छ्रे बैंकको ६२ हजार १६५ कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : माछापुच्छ्रे बैंकले ६२ हजार कित्ताबढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ६२ हजार १६५ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

Sponsored Advertisement

बैंकको शेयर खरिद गर्न पाउने इच्छुक शेयरधनीले आवश्यक कागजपत्र सहित सूचना प्रकाशित भएको ३५ दिन भित्र माछापुच्छ्रे क्यापिटलको सुन्धारा स्थित बाघ दरबार जेडिए कम्प्लेक्स बैंकको शेयर विभागमा आवेदन पेश गर्नुपर्ने छ ।

तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम पछि कम्पनीले बाह्य खरिदकर्तालाई संस्थापक शेयर बिक्री खुला गर्ने जनाएको छ ।