काठमाडौं : अपर लोहोरे खोला हाइड्रोपावरको कम्पनीको आईपीओ सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीले सर्वसाधारणमा जारी गरेको आईपीओ आइतबार सूचीकृत गरेको हो ।
नेप्सेका अनुुसार सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी समेत) मा जारी गरेको ५० लाख ९८ हजार ४० कित्ता शेयर सूचीकृत गरेको हो । नेप्सेमा कम्पनीको सिम्बोल युएलएचसी रहेको छ ।
नेप्सेले कम्पनीको आईपीओको ओपन रेञ्ज न्यूनतम ९७ रुपैयाँ ८७ पैसा देखि अधिकतम २९३ रुपैयाँ ६१ पैसा तोकेको छ । कम्पनीको आईपीओ सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment